श्रृङ्खला १ः
लेकछेउमा रहेको एउटा चर्चित होटलमा एकाबिहानै एकजना दाजु (अग्रज)सँगकाे भेटघाटका लागि साइकल चढेरै पुगे ।
अग्रजले होटलको गेटबाट प्रवेश गर्दै गर्दा, “एकैछिन बस्ने हो । यो साइकल यतै कतै राख्दा हुन्न?” भनेर गार्डलाई सोध्नु भो । गार्डले सिधै अन्डरग्राउण्डतिर देखाएर, “हैन सर, यता ठूला गाडीहरूलाई ठाउँ पुग्दैन, तल अन्डरग्राउण्डमै लगेर राख्नुस् ।” भने । साइकल राख्न म अन्डरग्राउण्डतिर लागे । अन्धकार चिर्दै, अन्डरग्राउण्डसम्म पुग्दा कुनै कालो गुफामा छिरेको भान भयो । तप्प-तप्प चुहिएका पानीका थोपाका आवाजहरू आइरहेका थिए । कुनै फोहोरको डुँगुर राख्ने ठाउँ जस्तै गनाईरहेको थियो, सो ठाउँ । केही थान बाइकहरू र केही कारहरू यत्रतत्र पार्किङ गरेर राखिएका थिए । ती साधनहरू पाहुनाका नभै पक्कै त्यही काम गर्ने कर्मचारीहरूका हुन् भन्ने भान हुन्थ्याे । पर एउटा कुनामा साइकल बाँध्न मिल्ने ठाउँ भेटे । त्यही साइकल बाँधेर म निस्किए । करिव एक घण्टा अग्रजका काेठामा भलाकुसारी सकेर बाहिर निस्कँदै गर्दा यसो हेरे अनि होटलभित्र पस्दै गर्दाको वातावरण पनि याद गरे । ओहो, होटल त राम्रै रैछ त । तल माथि गर्न लिफ्टको व्यवस्था छ । होटल फुल्ली अकुपाइड नै देखिन्थ्यो ।चाइनिज जस्ता देखिनेदेखि नेपाली तथा भारतीय ग्राहकहरूले होटल भरीभराउ थियो ।
हाे, साइकल त सधै अपहेलित नै हाे । अपहेलनाका बाबजुद पनि करिव २५ वर्षदेखि एक मात्र साधनका रूपमा साइकल नै चढ्दै आएकाे छु । साइकल त अन्डरग्राउण्ड गर्याै, तर कम्तिमा त्याे अन्डरग्राउण्ड नै भए नि यसाे हेर्न लायक बनाइदेउ न हाे । तिम्रा ग्राहकहरू, पाहुनाहरू कमै जालान् त्यता । कार्पेट मात्र चम्किलाे, चहकिलाे बनाएर कार्पेटमुनिकाे धुलाेकाे बेवास्ता गर्नु पनि उत्ति जायज हैन हाेला नी!
पाेखरातिरका साइकलसँग जाेडिएका किस्साहरू थप्दै जानेछु ।
काठमाडाैं छँदा भाेगेकाे साइकल कथा, साइकलेका व्यथाहरू भने याे लिङकमा गएर पढ्न, हेर्न वा सुन्न सक्नु हुनेछ ।
भनी साध्य छैन साइकल यात्राको सकस (भिडिओसहित)
#BeingPokhareli #BeingMe #साइकले
तस्विरः AI प्रयाेग गरी तयार गरिएकाे प्रतिनिधिमूलक तस्विर (चित्र) ।