बाबाचे, धागाे छाेड

नीलाे आकाशमा थरिथरिका चङ्गाहरू उडिरहेकाे देख्दा दसैँ आउँदैछ भन्ने भेउ पनि पाइन्थ्याे । चङ्गा चेट भएकाे बेला चङ्गा टिप्न धान खेतै खेत कुदेर गाैरिघाटसम्म पुग्नु हाम्राे दिनचर्या भैसकेकाे थियाे । त्यही भएर हाम्राे ध्यान भुँइतिर कम आकाशतिर बढी हुन्थ्याे ।