अङ्गुरी बदन

मितिः वि. सं. २०६४, महिना एकिन भएन स्थानः पशुपत्ति मन्दिरको गौशालातिरको क्षेत्रसमयः बिहानकाे ८ बजेतिर पशुपत्तिको पछाडीपट्टीको भाग, अर्थात् लास जलाउने क्षेत्रतिरबाट हातमा एकजोर जुत्ता बोकेर कुद्दै गौशालातिर जाँदैछु, म ।मेरो पछि पछि एकजना मान्छे, “चोर चोर, समात् चोर, मेरो जुत्ता चोर्ने, चोर ।” भन्दै कराउँदै मेरै पछि पछि आउँदैछ । मन्दिर दर्शन गरेर आउँदै गरेका र मन्दिर दर्शन गर्न जाँदै गरेका छेउछाउका मान्छेहरुले मतिर हेर्न थाले । म अगाडि