जुनले समेत मुख छोपेको रातमा

सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि ‘झ्याप्प झ्याप्प’ र ‘झिम्म झिम्म’ गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल

रेडियोमा बोल्ने केटाे

आज म रेडियोको कामले व्यस्त थिए । आज दिनभरि बज्ने कार्यक्रमहरुको समय तालिका तयार गर्दै थिए । रिसेप्सनबाट फोन आयो । मैले फोन उठाए । रिसेप्सनबाट मायाले भनिन्,“सर, हजूरलाई भेट्न एकजना भाइ आ’का छन् ।” मैले छक्क पर्दै भने, “भाइ ? को भाइ ?” उही भाइ । मेरो टेवुल अगाडिको कुर्सिमा टुक्रुक्क बसेको थियो । “भाइको नाम ?” मैले सोधे ।“सुजन ।” उसले आफ्नो नाम बतायो ।“सुजन के ?” मैले