बाबाचे, धागाे छाेड

नीलाे आकाशमा थरिथरिका चङ्गाहरू उडिरहेकाे देख्दा दसैँ आउँदैछ भन्ने भेउ पनि पाइन्थ्याे । चङ्गा चेट भएकाे बेला चङ्गा टिप्न धान खेतै खेत कुदेर गाैरिघाटसम्म पुग्नु हाम्राे दिनचर्या भैसकेकाे थियाे । त्यही भएर हाम्राे ध्यान भुँइतिर कम आकाशतिर बढी हुन्थ्याे ।

अङ्गुरी बदन

मितिः वि. सं. २०६४, महिना एकिन भएन स्थानः पशुपत्ति मन्दिरको गौशालातिरको क्षेत्रसमयः बिहानकाे ८ बजेतिर पशुपत्तिको पछाडीपट्टीको भाग, अर्थात् लास जलाउने क्षेत्रतिरबाट हातमा एकजोर जुत्ता बोकेर कुद्दै गौशालातिर जाँदैछु, म ।मेरो पछि पछि एकजना मान्छे, “चोर चोर, समात् चोर, मेरो जुत्ता चोर्ने, चोर ।” भन्दै कराउँदै मेरै पछि पछि आउँदैछ । मन्दिर दर्शन गरेर आउँदै गरेका र मन्दिर दर्शन गर्न जाँदै गरेका छेउछाउका मान्छेहरुले मतिर हेर्न थाले । म अगाडि

नारन काकाको सम्झनामा

मोवाइल फोन अनलक गरे । देखे दुईवटा मिसकल । भाइ सन्तोषको रहेछ । तुरुन्त कलब्याक गरे । रिङ् गयो । उसले उताबाट फोन उठाउनासाथ मैले भने ‘अ, भन् ।” ‘तैले, एउटा खवर था‘पाइस ?” सन्तोषले उत्सुकता साथ मलाई सोध्यो । ‘अह, था‘पाइन त !” मैले केही थाहा नपाए झै भने । हुन पनि मलाई त्यल्ले भन्न आटेको खबरको बारेमा के था ? ‘नारन काका त गएछन् !” सन्तोषले अलि भावुव

सर्ट फिल्म?

“नियमित जबबाहेक अरु के गर्दै हुनुहुन्छ ?” एकजना परममित्रले सोधे । “सिर्जनात्मक काम नगरेको धेरै भयो, त्यही भएर एउटा फिलिम गर्दैछु,” मैले भनें । “ओहो, फिलिम ? कस्तो फिलिम नि ?” उनले जिज्ञासु हुँदै भने । मैले भनें, “सामान्य हो । एउटा सर्ट फिलिम गर्दैछु ।” यति भन्नासाथ उनले रंगिला नजर लाउँदै भने, “ओहो सर्ट फिलिम ? लु गज्जब । मलाई नि मनपर्छ त्यस्तो सर्ट फिलिम । बिहानै २–३ वटा

टोकन नं १४०९

२०७० मंशिर १९ गते, मंगलबार ‘सेवाग्राहीहरूको अत्याधिक चापलाई मध्यनजर गर्दै, द्रुत सेवा मार्फत् वितरण गरिने राहदानीको फारम बुझाउने टोकन विहान ८ बजेदेखि दिइन्छ ।’ मैले परराष्ट्र मन्त्रालयको वेबसाइटमा यस्तै सूचना पढेको थिए । मेरो दिमागमा त्यही कुरा थियो । सोचे करिव एक घण्टा अगाडि पुगे भने पनि त ठिकै होला ।मंगलबार, सधै उठ्ने समयभन्दा केही अघि नै उठे । करिव ७ बजेतिर म तत्कालिन नारायणहिटी दरबार र हालको परराष्ट्र मन्त्रालय

हिरोनी को, रेखा थापा हो?

मितिः २०६९ भदौ महिनादिनः ठ्याक्कै थाहा भएनस्थानः आरुघाट, धादिङसमयः दिउँसो “हिरोनी को, रेखा थापा हो ?” एकजना आमैले सोधीन् । उनीसँग अन्य केही विभिन्न उमेर समूहका महिलाहरू पनि थिए । उनीहरूको अनुहारमा पनि उत्तिकै चाख थियो हिरोइनका बारेमा बुझ्ने ।“हो, हो । रेखा थापै हो ।” मैले भनिदिए । उनीहरू बिच चहलपहल शुरु भयो । मुखामुख गर्न थाले ।“खै त का छ नि, रेखा थापा ।” आमैले अझै जिज्ञासु बन्दै सोधिन्